रौतहट । रौतहटमा भारतबाट नेपाल भित्र्याउँदै गरेका १४ सय कुखुराका चल्ला नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार अवैध रूपमा नेपाल भित्रिँदै गरेको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरेको हो । राजपुर नगरपालिका–२ स्थितको बाटो हुँदै नेपाल छिर्दै गरेको चेकजाच गर्ने कर्ममा सोमबार बिहान पक्राउ गरी खाल्डो खनेर नष्ट गरिएको हो ।
अवैध चल्लाको मूल्य ७० हजार बराबरको रहेका प्रवक्ता डिएसपी एलीजा गिरिले जानकारी गराए । अवैध रूपमा भारतबाट भित्रिएको ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ । चोरी निकासी भएको चेकजाँच गरिरहेको गस्ती टोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले प्रवक्ता एलिजा गिरिले बताए । प्रहरीको गस्ती टोली देखेपछि तस्कर भागेको बताइएको छ ।
भारतमा चल्लाको मूल्य नेपालभन्दा सस्तो पर्ने भएको हुँदा सीमावर्ती क्षेत्रबाट तस्करी हुँदै आएको छ । साइकलमा राखेर सुरक्षाकर्मीलाई छक्याउँदै तस्करहरूले नेपाल भित्र्याउने गरेका छन् । त्यसरी भित्र्याइएको चल्ला सोझै कुखुरा उत्पादक कृषकलाई बिक्री गरिँदै आएको छ ।