मो.मोजिबुल्लाह जेठ ८ ।। रौतहट जिल्लाको सिमानाकामा तैनाथ रहेको सशस्त्र प्रहरीको ११ नम्बर गणले जिल्लामा साप्ताहिकरूपमा सिमानाका सरसफाइ अभियान सुरु गरेको छ। उक्त सरसफाइ अभियानअन्तर्गत आज यहाँको प्रमुख व्यापारिक केन्द्र ईशनाथ नगरपालिका वाड नम्बर १ बन्जहरा सिमानाका तथा बजारमा सरसफाइ गरिएको छ।
बन्जहराको सिमानाका र नजिक रहेको बजारमा सफा र सुन्दर हाम्रो रौतहट जिल्लाको सिमानाका र बजार’ भन्ने नाराका साथ आजबाट प्रत्येक दिनको बिहान बजार सरसफाइ गरिने अभियान सञ्चालन भएको उक्त गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाइले बताए। उनले भने, ‘रौतहटको सिमानाका बजार तथा आसपासका क्षेत्र सफा राख्ने हाम्रो अभियानअन्तर्गत आजबाट प्रत्येक दिनको बिहान सिमानाका तथा बजार सरसफाइ गर्ने अभियान सुरु गरका छौँ, आशा छ हाम्रो सिमानाका र बजार सुन्दर सफा हुने छ।’
यसैगरी सशस्त्र प्रहरीको उक्त अभियानअन्तर्गत यहाँका मुख्य धार्मिकस्थल बानेश्वर मन्दिर, सोवरनामाई मन्दिर, ईशनाथ बाबा मठलगायतका सार्वजनिकस्थलको सरसफाइ नियमित गर्दै आइरहेको छ भने विभिन्न सामाजिक चेतनामूलक अभियानमा समेत सहभागिता जनाउने गरेको छ।
पछिल्लो समयमा कोरोना त्रास र भाइरल ज्वरोका बिरामी दिनानुदिन बढिरहेको अवस्थामा बजार, घरआँगन सरसफाइ हुन अति महत्वपूर्ण भएकाले बजार सरसफाइमा नगर प्रमुख ,वाडअध्यक्ष , समाजसेवी ,व्यापारीहरूको पनि सहभागिता भएको र सशस्त्र प्रहरीले सञ्चालन गरेको सिमानाका , मन्दिर तथा बजार सरफाइ अभियान ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशलिया देवीले जानकारी दिए। उक्त अभियानमा नगर प्रमुख , वाडअध्यक्ष , पडोसी देश भारत राज्यका SSP , शस्त्र प्रहरी , होटल व्यवसायी, नगरपालिकाका जनप्रतिनिधिलगायतको सहभागिता रहने गरेको छ।