कुबा फाउन्डेसन रौतहटले अग्नी पीडितकालाई राहत हस्तान्त्रण

पछिल्लाे समाचार

रौतहट ।। कुबा डेभलपमेन्ट फाउन्डेसन रौतहटले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। ईशनाथ नगरपालिका ८ मन्सरीमा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। फुसको ५ ओटा घरमा मन्सरीवसीका ५ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो।

आगलागीबाट पीडित ५ घर परिवारलाई कुबा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्षको आदेसमा मो.मोजिबुल्लाह मन्सरीमै पुगेर राहत हस्तान्त्रण गरेको छ। संकलन गरेको राहत ईशनाथ नगरपालिका वाड नम्बर ८ का अग्नी पिडित लाई हस्तान्त्रण गरेको छ। कुबा डेभलपमेन्ट फाउन्डेसनका प्रतिनिधिले अग्नी पिडितको घरमा पुगी राहत हस्तान्त्रण गरेका हुन्। ईशनाथ नगरपालिका वाड नम्बर ८ का भावी वाडअध्यक्ष प्रत्यासी फैजुरहमानको रोहबर मार्फत राहत हस्तान्त्रण गरिएको हो।

कुबा डेभलपमेन्ट फाउन्डेसनले राहत स्वरुप मनसुली चामल खाने लगायत र पाल हस्तान्त्रण गरिएको छ।

spot_img

लोकप्रिय