समाजिक सद्भाव बिथोल्ने माथि कर्वाही गर्ने माग

पछिल्लाे समाचार

रौतहट, ३ वैशाख । इस्लाम धर्मावलम्बीहरुको प्रवर्तक पैगम्वर मोहम्मद (स.व.) वारेमा अनर्गल, अतिरंजित, भ्रामकपूर्ण कुरा समाजिक संजालमा पोष्ट गर्ने विरुद्ध कारवाहीको माग गर्दै नेपाल मुस्लिम संघ रौतहट प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
नेपाल मुस्लिम संघ रौतहटका सभापति मोहम्मद अब्दुल्लाहको नेतृत्वमा गएका मुस्लिम अगुवाहरु प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत गृह मन्त्रालयलाई गराएको ध्यानाकर्षण ज्ञापन पत्रमा कमलनारायण दास नामक व्यक्तिले इस्लाम धर्मावलम्बीको प्रवर्तक मोहम्मद पैगम्बर लाई लक्ष्ति गर्दै पोष्ट गरेका अतिरंजित एवं अमर्यादित पोष्टको कारण समाजमा अशान्ति उत्पन्न हुने अवस्था सृजना हुन नदिन समयमै त्यस्ता व्यक्तिलाई कारवाहीको दायरमा ल्याउन माग गरिएका हुन् ।
दासले पैगम्वरको वारेमा अतिरंजित, भ्रामक, कपोकल्पित अनर्गल कुराहरु समाजिक संजालमा पोष्ट गरी धार्मिक सहिष्णुता एवं समाजिक सदभावलाई खलल पुर्याई समाजमा अशान्ति फैलाउने उद्देश्यबाट गरिएको संघले ठहर गर्दै उक्त कार्यको घोर निन्दा गर्दै त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई नेपालको कानुन बमोजिम कारवाहीको माग गरिएको छ ।
समाजिक सदभाव विगर्ने जोकोही व्यक्तिलाई कानुनी कठघेरामा उभ्याई कडा भन्दा कडा कारवाहीको माग नेपाल मुस्लिम संघ रौतहटले गरेको सभापति अब्दुल्लाहले बताए ।

spot_img

लोकप्रिय