रौतहटको जयनगर प्रहरी चौकी इन्चार्जको सेटिङमा दारूको व्यापक तस्करी

पछिल्लाे समाचार

१ बैशाख २०८१ रौतहट ।।रौतहटमा भारतसँग सीमा जोडिएका विभिन्न नाकाहरूबाट सेटिगमा राजस्व छलेर अवैध सामानहरूको तस्करी कार्य निरन्तर चलिरहेका छन् । कपडा, खैनीहरू, स्पेयर पार्टस, शृङ्गार सामग्री लगायतको विभिन्न सामानहरू भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गाँजा, छहोरा, मरीच लगायतको सामानहरू भारत तर्फ निर्बाध रूपमा तस्करी भइरहेको छ । तर, प्रहरी निकाय , भन्सार प्रमुख उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।

रौतहटको बेलबिछवा, गौर भन्सार , महादेव पट्टी , ईशनाथ नगरपालिकाको जयनगर बाट बढी मात्रामा , बंकुल बाट साँझ परेपछि कारोबार गर्ने तस्करहरूको लाइन सुरु हुने गरेको स्थानीयहरू बताउँछन् । उक्त कार्यमा भन्सार प्रमुख, सशस्त्र प्रहरी, चौकी इन्चार्ज सुरक्षाकर्मीहरूको साँठ गाँठमा सीमा बारीपारिको अवैध कारोबार फस्टाएको आरोप स्थानीयहरूको रहेको छ ।

सीमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी भइरहेको छ, जहिले देखि सशस्त्र प्रहरी लगायत जिल्लाको अन्य नाकामा आए देखि तस्करी झन् बढेर गएको स्थानीयहरूको भनाई छ

spot_img

लोकप्रिय