राजपुर नगरपालिकाको आयोजनामा मिति २०८० /चैत / २७ गतेका दिन “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ राजपुर नगरपालिकालाई “पूर्ण खोप नगरपालिका घोषणा कार्यक्रम” सम्पन्न भयो ।
राजपुर नगरपालिकाका नगर प्रमुख श्री मो.राजिक आलमको अध्यक्षता मा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समिति संयोजक भएको थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जमिला असगरी, राजपुर नगरपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका वाडअध्यक्षहरू, स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा राजपुर नगरपालिका कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेख खुरसिदले स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले राजपुर नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि नगरपालिकाले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्ण खोप नगरपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई नगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुहुँदै नगरपालिकाका नगर प्रमुख मो. राजिक आलामले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ नगरपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, नगरपालिकाका उप प्रमुख लगायत अन्य अतिथिज्यूहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरपालिका क्षेत्रभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरू केही जनालाई जनहि सम्मान पत्रले प्रोत्साहन वितरण गरिएको थियो । कार्यक्रमको संचालन सेख खुर्सिद अहमदले गर्नु भएको थियो भने बिच-बिचमा विभिन्न सांगितिक कार्यक्रमका साथ उपस्थित सबैलाई मनोरन्जन दिँदै कार्यक्रम सफलतापूर्वक समापन भयो । यो पुर्ण खोप घोषणा समाहरोह कार्यक्रममा ठुलो भुमिका खेल्नु भएका मो.कहफुल आलमले पनि थियो एक वाडअध्यक्षले रोस्ट्रम मा बोलेका छन ।