सदन खुलाउने विषयमा छलफलका लागि बसेको बालुवाटारको बैठक निष्कर्षविहीन भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म सदन चल्न नदिने अडान राखेपछि बैठकले सहमति जुटाउन नसकेको हो।
बैठकमा सत्तासीन दलहरू एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।
कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं सहकारी ठगीमा संलग्न रहेकाले प्रहरीको अनुसन्धान प्रभावित गरिरहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ।