रौतहटको ईशनाथ नगरपालिका ८ मनसरी गाउँमा राति ५ घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर खरानी भएको छ।
स्थानीय कृष्ण मिश्र,बलिराम मिश्र,उदय चन्द्र मिश्र लगायतको छानाको घरमा आगलागी भएको छ । राति ११ बजेको समयमा अचानक आगो लागेर लाखौं लाख मुल्य बराबर को सम्पत्ति खरानी भएको स्थानीयले बताएका छन ।
आगलागी बाट अन्नपात, र लत्ताकपडा , गहुँ ,मसुर,धान,चामल , भैसी एक ,बाख्रा पाच,आलु १ कुन्टल १० लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली खरानी भएको कृष्ण मिश्रले जानकारी दिएका हुन ।, स्थानीय र प्रहरीचौकी रामपुर खाप , प्रहरी चौकी नरकटिया ईलाका प्रहरी कार्यालय राजपुर ,शस्त्र बेस कैमप रामपुर खापको टोली मिलेर सहयोगको लागि गौर बाट जादै गरेको दमकल स्थानीयहरू द्रारा आगोलाई नियन्त्रण लिए पश्चात् दमकल लाई फतुवापुल बाट फिर्ता गएको थियो । राति ११ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन ।