नेशनल मेडिकल कलेज बिरगंजमा प्रहरीको छापा एमडीसहित दुई जना पक्राउ

पछिल्लाे समाचार

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा आज दिउसो पर्सा प्रहरीले छापा मारेको छ ।
कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ल्याबबाट म्याद गुज्रिएको केमिकल भएको अनुगमनको क्रममा भेटिएपछि कलेजका एमडी सदनवाज हुसेन र ल्याबका डाक्टर संजय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।

कलेजको ल्याबबाट म्याद गुज्रिएको केमिकल संकलन गरी ल्याउने कार्य भइरहेको उनले बताए

spot_img

लोकप्रिय