रौतहट ३ चैत्र । मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक लाई रौतहट प्रहरीले आज सार्बजनिक गरेको छ । रौतहटको परोहा नगरपालिका–९ मा रहेको शिव मनी ट्रान्सफरको रकम लुटने योजना सहित २६ बर्षिय सञ्चालक नितेश साह माथि गोलि प्रहार गरेको आरोपमा पक्राउ परेका भारत बिहार राज्य पुर्बी चम्पारण मोतिहारि जिल्ला थाना चिरैया दिपही गाउ वडानम्बर २ का १९ बर्षिय मुनिफकुमार यादव, १८ बर्षिय राजकुमार पासवान र २० बर्षिय चन्द्रभान सिंह लाई आज प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका नितेशको बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुहुदै प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।