रौतहटको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ । उक्त घटनामा तीन जना लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका लुटेराहरुले बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर गोली प्रहार गर्दा साहको कान छेडेर गोली बाहिर निस्केको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताएकाछन्।
रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको थियो भने प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका भारत बिहार राज्यको मोतिहारी निवासी मुनिफ यादव,चन्द्रभान सिंह ,राजा कुमार पसमान ।