मुर्ती तोडफोड गरेर सम्प्रदायिक भडकाउने राकेश वैठा सर्लाही प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार

सर्लाही, ३० फागुन । सर्लाहीको मलंगवा नगरपालिकामा रहेका राजदेवी मन्दीर र झिलिमिलिया माई मन्दीर भित्र रहेका मुर्ती तोडफोड गरेर सम्प्रदायिक्ता भडकाउने युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाएका छन् ।

मलंगवा नगरपालिका वडा नम्वर ८ स्थित राजदेवी मन्दीर र वडा नम्वर ९ स्थित झिलिमिलिया मन्दीर परिसर भित्र रहेका मुर्तीलाई तोडफोड गरेको प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त गरेका दशी प्रमाणको आधारमा मलंगवा नपा ८ का ३३ बर्षिय राकेश बैठालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको मधेश प्रदेश मुख्यालय जनकपुरधामका प्रवक्ता एवं एसपी श्यामकुमार महतोले जानकारी दिएका हुन् ।

एसपी महतोद्धारा हस्ताक्षरित प्रेस नोटमा धर्म सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको बताइएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउनु नहुने, धार्मिक भावनामा आघात पुर्याउनु नहुने, धार्मिक रिती स्थितिमा बाधा पुर्याउनु नहुने, धर्म परिर्वतन गराउनु नहुने व्यवस्था रहेको र धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच बर्ष कैद र पचास हजार जरिवाना हुने व्यवस्था रहेको जानकारी प्रवक्ता एवं प्रदेश प्रहरी कार्यालय जनकपुरधामका एसपी महतोद्धारा प्रेषित गरिएको प्रेस नोटमा उल्लेख गरिएका छन् ।

spot_img

लोकप्रिय