चर्को अवाजमा डिजे बजाउने व्यक्ति, साउन्ड सिस्टम सहित प्रहरीको नियन्त्रणमा

पछिल्लाे समाचार

रौतहट प्रहरीले चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई गौर बजार एरियाबाट साउन्ड सिस्टम सहित नियन्त्रणमा लिएको छ।

सोमबार बेलुका को समयमा गौर नगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थमा DJ sound बैण्ड र व्यक्तिलाई डिजे गाडि सहित नियन्त्रणमा लिईएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) एलीजा गिरिले जनाएकी छिन् ।

पक्राउ परेका रौतहटको नगरपालिका वडा नं.४ टिकुलिया बस्ने वर्ष २५ को धिरज कुमार यादव लाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एलिजे गिरि जनाएकी हुन ।

spot_img

लोकप्रिय