लागूऔषध गाजा सहित तिन जनालाई रौतहट प्रहरी द्रारा पक्राउ

पछिल्लाे समाचार

मो.मोजिबुलाह माघ २३ रौतहट ।।

अबैधरुपमा गाजा तस्करी गर्ने व्यक्तिहरुलाई गाजा सहित तिन जनालाई रौतहट प्रहरीले आफ्नो हिरासतमा लिएको छ ।

रौतहट जिल्लको मध्य पश्चिम भागमा रहेको देवाही गोनाही बाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गाजा सहित ३ जनालाई पक्राउ गरेका छन । जयनगर बाट देवाही गोनाही तर्फ जादै गरेको मधेस प्रदेस ०३-००१ /२५२४ नम्बरको डाफे लाई संका लाग्दा जिल्ला प्रहरी कार्यालयको टेलीले चेकजाँच गर्दा १० किलो ३ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एलीजे गिरिले बताएकी छिन। दुई ओटा झोलामा लुकाइ राखेको अवश्थामा गाँजा बरामद भएको उनले बताएकी छिन । गाँजा सहित सर्लाहीका बागमती नगरपालिका १२ बस्ने वर्ष २२ को राजन मोक्तान ,सोही ठाउ बस्ने २३ को सुजन मोक्तान , २९ की असली माया पक्राउ परेका छन ।

पक्राउ परेकाहरुको साथ बाट केही नगद र मोबाइल समेत बरामद भएको प्रहरी प्रवक्ता गिरिले बताएकी छिन । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी अनुसन्धान भईरहेको उनले बताईन ।

रौतहटमा गत वर्षमा ४ करोड जति राजस्व संकलन भएको थियो । हामी हरूको ५ महिन ५ करोड भन्दा बढी राजस्व संकलन गरेको छु वहाको दावी रहेको छन ।

spot_img

लोकप्रिय