रौतहटको ईशनाथ नगरपालिकामा ९ दिने निःशुल्क बृहत आखा शिविर चलिरहेको

पछिल्लाे समाचार

रौतहट।। रौतहटको ईशनाथ नगरपालिकामा ९ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पुस ९ गते देखी र १८ गते सम्म आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखिएकोमा कूल ४ हजार जनाले आखा परीक्षण गराएका थिए ।

सो मध्ये ९०० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ ।

साथै ५०० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो ।

स्वास्थ्य शिविरमा तिलगंगा आखा पर्तिसठान काठमाडौ र ईशनाथ नगरपालिकाको आयोजनामा अाखा सिविर चलिरहेको तथ स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।

spot_img

लोकप्रिय