रास्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागको सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहट २०८०/१०/१०मो.मोजिबुल्लाह

रास्ट्रिय परिचयपत्र कार्यक्रम संचालन कार्यबिधी २०७७ बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजना तथा रास्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागको सहजीकरणमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिभागले रास्ट्रिय परिचयपत्रको बैयत्तिक तथा जैविक विवरण संकलन र परिचयपत्र विवरणको लागी जिल्ला प्रशासन कार्यालय ,आबश्यकता अनुसार ईलाका प्रशासन कार्यालय र अन्य निकायमा रास्ट्रिय परिचयपत्र इकाई स्थापना गरेको छ बिभागले जिल्ला र सिंहदरबार परिसर बाट शुरु गरि हालसम्म १ करोड ३३ लाख भन्दा बढी बितरण दर्ता गरिसकेको छ त्यसै गरि सबै जिल्ला प्रशासन कार्यालय तथा अधिकाम्स ईलाका प्रशासन कार्यालयमा इकाई स्थापना गरि बितरण शुरु भएको छ , धनुषा सर्लाही ,रौतहट , बारा पर्सा , महोत्तरी गरि जिल्लामा अभियान संचालन भइ सकेको र केही जिल्लामा सकियको उल्लेख गरेको छ, यसै बिच मधेस प्रदेशको विभिन्न जिल्लामा अभियान जारी रहेको अभियान संचालन गर्ने योजना अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्रको सुचना प्राबिधिक मुकेश कुमार केसरी उप-सचिव बताएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालयको साभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै मनीषण साह ,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्घोषण छोटेलाल साह ,समन्वय समितिका सभापति , रौतहट विभिन्न नगरपालिकाका नगर प्रमुख उप-प्रमुख गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत , भट्टराई सनपा उपप्रमुख मिश्रा आचार्य , मालारानी उपाध्यक्ष दिपा पोख्रेल ,बिभागका निर्देशक सुर्य बहादुर खत्री , सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ,जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ,शस्त्र प्रहरीका एसपी माधव रेग्मी, वडा अध्यक्ष तथा वडा सचीवहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रम अतिथि युराज कट्टेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको संचालनमा सम्पन्न भएको हो ।

spot_img

लोकप्रिय