चिसो बढेपछि सर्वसाधारणलाई सास्ती भएको भन्दै राजपुर नगरपालिकाले आईतवारदेखि दाउराको व्यवस्था गरेको छ। राजपुर नगरपालिकाका नगर प्रमुख मो.राजिक आलमले सर्वसाधारणको बढी भीड हुने स्थानमा आगो ताप्ने दाउराको व्यवस्था गरेका हुन्।
सर्व साधारणको बढी भीड हुने राजपुर गोला चौक,स्कुल चौक,डमार चौक,कुडिया बजार,पानी टंकी बजार,भगवानपुर चौक,बहुवरवा, फतुवा महेसपर, लगायतका स्थानहरुमा आगोको व्यवस्था गरिएको राजपुर नगरपालिकाका प्रमुख मो. राजिक आलमले बताए । जिल्लाको सदरमुकाम पछिममा रहेको राजपुर नगरपालिकाको ग्रामिण भेगबाट आउने सेवाग्राहीहरु चिसोले गर्दा धेरैै समस्यामा पर्ने गरेको कारणले आगोको व्यवस्था गरिएको नगर प्रमुख राजिकले बताए। केही दिनदेखि बढेको चिसोको कारणले गर्दा बजारमा मानिसहरुको उपस्थिति कम देखिएको छ भने सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीहरुमा कमी भएको छ।
स्थानीय तहद्धारा चार दिन विद्यालय बन्द
चिसो बढेपछि जनता माध्यमिक बिधालय राजपुर नगरपालिकामा चार दिनका लागि बन्द गरेका नगर प्रमुख राजिक आलमले बताए। चिसोले गर्दा विद्यालय जाने विद्यार्थीहरुमा चिसोबाट हुने रोग लाग्ने सम्भावना रहेकोले त्यसबाट बचाउनको लागि विद्यालयहरु बन्द गर्नु पर्ने निर्णय गरिएको राजपुर नगरपालिका नगर प्रमुख राजिक आलमले बताए।