रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवक पक्राउ

पछिल्लाे समाचार

रौतहट ।। रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देवाही गोनाहि नगरपालिका वडा नं ८ पटेल चौक नजिकबाट प्रहरीको टोलीले एक हजार दरको नोट थान १८४३ अर्थात् १८ लाख ४३ हजार नगदसहित पक्राउ गरेको हो ।गुजरा नगरपालिका वडा नं ५ हरिहरपुरका २५ वर्षका सन्दिप यादवलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।प्रहरीका अनुसार यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको गिरीले जानकारी दिइन् ।

spot_img

लोकप्रिय