जनमत का CK राउतलाई रिहाको लागि रौतहटमा प्रदर्शन

पछिल्लाे समाचार

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत पक्राउको विरोधमा सोमबार गौरमा प्रदर्शन गरिएको छ । राष्ट्रिय धोती दिवस मनाउने क्रममा राजधानी काठमाडौंको माइती घरबाट नेपाल प्रहरीद्वारा पक्राउ गरिएका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरिएको जनमत पार्टीका केन्द्रिय सदस्य विकास कुमार यादवले जानकारी दिए ।

प्रर्दशनको क्रममा उनीहरुले पार्टीका नेता कार्यकर्तालाई छिटोभन्दा छिटो रिहा गर, मधेसीमाथिको दमन बन्द हो, नश्लिय सरकार मुर्दावाद, धोती हाम्रो पोषाक हो सम्मान हो, राष्ट्रिय धोती दिवस जिन्दावाद, जनमत पार्टी जिन्दावादलगायतका नारा लगाएका थिए ।

प्रर्दशनपछि उनीहरुले टायर बालेर विरोधसमेत जनाएका थिए । राष्ट्रिय धोती दिवस मनाउन माइतीघर मण्डलातर्फ जाँदै गर्दा अध्यक्ष राउतसहित जनमतका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएको प्रहरीले बताएको थियो । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रममा अध्यक्ष राउतसहितका नेता कार्यकर्ता त्यहाँ पुगेका थिए । प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाइरहेका थिए । ‘धोती हाम्रो शान हो’ लगायतका नारासमेत लगाएका थिए । यसैबीच प्रहरीले पक्राउ गरेको विरोधमा ठाउँ–ठाउँमा प्रर्दशन हुन थालेपछि पक्राउ परेका अध्यक्ष राउतसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् । राउतसहित सो पार्टीका दर्जनौँ नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठले अध्यक्ष राउतसहित कार्यकर्ता राखिएको ठाउँ नेपाल प्रहरी क्लबमा आफै पुगेर सबैलाई रिहा गर्न आदेश दिएका थिए । आदेशपछि अध्यक्ष राउ सहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् ।

spot_img

लोकप्रिय