कलैया सिटि जेसिजको १४ औ वार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

कलैया २०८० पौष १४ ।। कलैया सिटि जेसिजको १४ औ वार्षिक साधारण सभा तथा शाखा अधिबेशन कलैया उपमहानगरपालिका स्थित दास गेस्ट हाउसमा २०२४ बर्ष सम्पन्न भएकोछ।
बिधिको शासन नै मुल नाराको साथ कार्यक्रम बिच कलैया सिटि जेसिज बर्ष २०२४ को अध्यक्षमा जेसि पवन कुशवाहा कार्यकारीणी उपाध्यक्ष जेसि गणेश ठाकुर जेसी प्रदीप कुशवाहा उपाध्यक्ष जेसी सुरज गिरी,जेसी मनिष चौरसिया जेसी शेषनाथ पासवान जेसी आकाश गुप्ता रहेकाछन भने बाकी रहेका सदस्य र पदाधिकारी पहिलो बैठकले पुर्णतया दिने भने बिजय राज गिरिले जानकारी गराए।

जेसीज १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ छर उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ । जेसीजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको  व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । 
हाल विश्वमा १०६ वटा राष्ट्र भन्दा वढि राष्ट्रमा यो संस्था क्रियाशिल छ तर अन्य राष्ट्रहरुमा स्थापना हुने क्रममा छ विश्वलाई ४ क्षेत्रमा विभाजीत गरिएको छ क्षेत्र A मा अफ्रिकाका राष्ट्रहरु पर्दछन, क्षेत्र B मा एशिया, अष्ट्रेलिया र प्यासिफिकका राष्ट्रहरु पर्दछन, नेपाल पनि यसै क्षेत्रमा पर्दछ,क्षेत्र C मा उत्तरी अमेरिकी राष्ट्रहरु, दक्षिणी अमेरिकी र मध्य अमेरिकी राष्ट्रहरु पर्दछन,क्षेत्र D मा युरोपका राष्ट्रहरु पर्दछन।

spot_img

लोकप्रिय