१३ पौष । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ।
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। त्यसक्रममा प्रहरीसँग भएको झडपमा डोटी निवासी २२ वर्षीय युवक वीरेन्द्र शाहको ज्यान गएको हो।