भारतमा दुई नेपाली अपहरणमा परेका व्यक्तिलाई रौतहट प्रहरी द्रारा उदार

पछिल्लाे समाचार

पुस ११ ।। चितवन जिल्ला भरतपुर महानगरपालिका बडा न. १९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र ऐ. रत्ननगर न. पा. वडा नं.१३. जिरीना वस्ने अ वर्ष ३५ को दिपेन्द्र महत समेत मोटरसाईकलमा रौतहटको चन्द्रपुर जान्छु भनी हिडेकोमा मिति २०८०/०९/०७ गते बेलुका अ.१९:५१ बजेको समयमा निज कृष्ण थापाले आफ्नो फेसबुक आई.डी. बाट म अपहरणमा परे, रु ६,००,०००/-(छ लाख) फिरौती माँग गरेको छ भनी कृष्ण थापाले आफ्नो श्रीमतीलाई म्यासेन्जरमा कल गरेको भन्ने जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा सुचना प्राप्त भएकोमा उक्त सुचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भई अपहरणमा परेका मानिसहरुलाई भारतको सिमावर्ती इलाकामा हुन सक्ने सम्भावना रहेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसंग सहयोग तथा समन्वय गरी भारतीय प्रहरी द्वारा अप्रेशन संचालन गर्दा मिति २०८०/०९/१० गते भारतको सितामढी डुमरा थानाबाट खटिएको भारतीय प्रहरीद्वारा अपहरणमा परेका कृष्ण थापा र दिपेन्द्र महत समेतलाई भारतको सितामढीबाट सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जनाएका हुन । अपहरणमा संलग्न ६ जना पुरुष व्यक्तीहरुलाई पक्राउ गरेको। पिडितबाट भारतिय सितामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शिर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडी बढाएको, पिडीतहरु सिमावर्ती ईलाकामा आई यस कार्यालयमा सम्पर्क गरेको र निज पिडितहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई निजहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाएको हो ।
:-

spot_img

लोकप्रिय