रौतहटमा अवैध रूप सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

पछिल्लाे समाचार

रौतहट प्रहरीले शनिबार अवैध रूपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी गौर र मातहतबाट खटिएको प्रहरी टोलीले राजपुर नगरपालिका-५, मौलापुर-९ र परोहा नगरपालिकामा अवैध रूपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।
५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम बरामद गरिएको छ । नजिकिँदै गरेको दसैं पर्वमा अवैध रूपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न टोली परिचालन गरिएको एसपी श्रेष्ठले बताए । मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिए पनि सञ्चालक पक्राउ परेका छैनन् ।

spot_img

लोकप्रिय