रौतहट १७ भाद्र जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं पूर्व कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमंत्री योगेंद्र यादवले पार्टी भित्र कार्यकर्त्ताहरु विभेदको शिकार भएको बताएका छन ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले आइतवार आयोजना गरेको विस्तारित बैठकमा सम्वोधन गर्दै पूर्व राज्य मंत्री यादवले यस्तो बताएको हो । पार्टीले मनोनयन गरेको ३६ जना केन्द्रीय सदस्य तथा प्रदेश कमिटीमा रौतहटलाइ बाईपास गरेको आक्रोश व्यक्त गरे ।
उहाले भने रौतहटले जसपाको गरिमा बढाएको हो ,पार्टी ्भित्र सहभागिताको सवालमा कुनै जिल्लाबाट ६ जनालाइ मनोनीत गर्ने कार्य भएको उल्लेख गरे ।
पार्टीमा रौतहटबाट प्रतिनिधित्व हुनु पर्ने जोड़ यादवको रहेको छ । २०६३ साल चैत्र ७ गते भएको गौर घटनालाइ कÞानूनी कार्यवाही गर्ने आवाज उठाउने आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको विरुद्धमा जसपा नेपाल सहितका ६ दलले साउन ९ गते विरोध प्रदर्शन गर्दा पनि पार्टीका केन्द्रीय समिति र प्रदेश समिति कुनै सहयोग नगरेको आरोप लगाए ।
केन्द्रीय सदस्य यादवले संगठन विस्तारमा रौतहट सित गरिएको विभेदलाइ सच्याउनु पर्ने सुझाव दिए । पूर्व राज्य मंत्री यादवले मधेश प्रदेश सरकारका मुख्य मंत्री सरोज यादव प्रति आक्रोश व्यक्त गर्दै पार्टीका कार्यकर्त्ता संगठनलाइ बाईपास गरी अघि बढ़ने गरेकोले आफ्नो रबैयामा सुधार नलयाए कालो झण्डा देखाउने चेतावनी समेत दिए । रौतहटमा आउदा पार्टीका कार्यकर्त्ता ,संगठनलाइ कुनै जानकारी नदिई विपक्षी दल नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्त्ता संग बढ़ी बसने गरेको गुनासो उहाको रहेको छ ।
यातायात कार्यालय उद्घाटन गर्न आउदा नेकपा एमालेका नेता सित गोप्य बैठक गरेका मुख्यमंत्री यादवले रक्षा बंधनका दिन रौतहट आउदा नेपाली कांग्रेसका नेता संग बैठक गरेकोले पार्टीका मुख्यमंत्री नेता भएर आफ्नो पार्टीका नेता कार्यकर्ता तथा संगठनलाइ वास्ता नगर्नु उहाको कार्य पार्टीको सिद्धांत विपरीत भएकोले सुधार गर्नु पर्ने बताए ।