प्रादेशिक अस्पताल रौतहटका अध्यक्ष हासमीले दिए पत्रकार लाई फोन मार्फत धम्की

पछिल्लाे समाचार

२६ साउन, रौतहट ।। जनता टेलिभिजन रौतहट सम्बाददाता समाचार लेखेको कारण टेलिफोन वार्तामा धम्की दिएको विषयलाई नेपाल पत्रकार महासंघ रौतहट शाखाले अवाज उठाएका छन्।

प्रादेशिक अस्पताल गौर रौतहटक अध्यक्ष महमद अनवर हासमीलाई कारबाहीको माग गर्दै पत्रकार महासंघले विज्ञप्ति निकालेका छन् ।

विज्ञप्ति अनुसार गौर प्रादेशिक अस्पतालको बारेमा आम नागरिकहरू ठगिएको विषयलाई लिएर पत्रकार यादवले जनता टेलिभिजनको वेबसाइट समाचार लेखेको थियो। त्यही समाचार किन लेख्यो भनेर पत्रकार यादवलाई अध्यक्ष हासमीले फोन गरेर धम्कीको भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेका हो ।

गौर प्रादेशिक अस्पतालमा विगतदेखि नै आर्थिक चलखेल देखि सेवा सुविधासमेत नपाउने गरेको गुनासो आइरहेको हुन्छ।

नेपाल पत्रकार महासङ्घको विज्ञप्ति अनुसार प्रादेशिक अस्पताल अध्यक्ष अनवर हासमीलाई कार्वाही गर्न सम्बन्धित निकायलाई जोडदार माग गरेको छ । त्यस्तै पत्रकार यादवलाई सुरक्षा समेत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

पटक पटक पनि अस्पतालमा अनेकौं भ्रष्टाचार तथा चलखेल हुने गरेको बाहिरिएको हुदा पनि सम्बन्धित निकाय मौनता रहेको हो ।

spot_img

लोकप्रिय