रौतहटको बंकुल सिमानाका बाट रुकेन तस्करी

पछिल्लाे समाचार

रौतहट साउन २६ ।। रौतहट, भारत संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् । कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, पटका, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गाजा, छहोरा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर प्रहरी निकाय , भन्सार प्रमुख उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।
रौतहटको बंकुल बाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् । उक्त कार्यमा भन्सार प्रमुख, सशस्त्र प्रहरी, चौकी इन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।

सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी भईरहेको छ, जहिले देखि सशस्त्र प्रहरी लगायत जिल्लाको अन्य नाकामा आए देखि तस्करी झन् बढेर गएको स्थानीयहरू भनाई छ ।

spot_img

लोकप्रिय