२५ साउन, रौतहट । रौतहटको राजपुर ,परोहा ,देवाही गोनाही नगरपालिका लगायतमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा मङ्गलबार साँझ बाढीमा फसेका जनालाई नेपाल सेनाको बिरदल गणपति बाट सह सेनानी प्रकास कुमार रावलको कमान्डमा खटिएको १/१३ को नफ्रिले सकुशल उद्धार गरिएको छ ।
रौतहटको लाल बकैया खोलाले बगाउँदा राजपुर नगरपालिका–४ का ७० वर्षीय तथा ३ जना बालबालिका थियो त्यसतै देवाही गोनाही नगरपालिका ०५ को १५ वर्षिय करण यादव,परोहा नगरपालिका ०४ को सेख दाउद,सेख हुसैन,सेख समसुल,लगायत हरूलाई उद्घार गरिएको सेनानी प्रकाश कुमार रावलले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे ।
यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
रौतहटको राजदेवी नगरपालिका अन्तर्गत पर्ने लक्षमीपुर बेलबिक्षवा बाट स्थानीयले मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।
बाढीमा फसेकामध्ये रौतहटमा २५ जना बदीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।