ईशनाथ नगरपालिकाको प्रशासकीय भवनको समुद्घाटन सम्पन्न |

पछिल्लाे समाचार

रौतहट साउन १० गते । रौतहटको ईशनाथ नगरपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ भवन ५० लाख ५९ हजारमा निर्माण सम्पन्न गर्नेगरी RN बिलडरले सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले जानकारी दिनुभयो ।

२०७९ पुष १८ मा R N बिल्डरले सम्झौता भई निर्माणकार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएको भए पनि परिसरमा गर्नुपर्ने केही काम बाँकी छ ।”

यसअघि भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताउनुभयो , “अब सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न र छिटो काम गर्न सक्नेछौं ।” ईशनाथ नगरपालिकाका वाड नम्बर ३ का पुर्व वाड अध्यक्ष कैलाश राउतले आफ्नो निजी ३ कठ्ठा जग्गा नगरपालिका लाई दान दिएको नगर सम्पन्न भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाको भनाइ छ ।
सेवाग्राहीलाई समस्या नहोस भनेर सोही अनुसार नै शाखाहरुको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले जानकारी दिनुभयो । पालिकाका नागरिकलाई पायक पर्ने ठाउँमा निर्माण गरिएको भवनबाट सेवा प्रवाभकारी हुने अधिकृत झाको भनाइ छ । भवनमा एक हलसहित १२ कोठा छन् । भवन परिसरमा नम्नानुसार गरि सेवा प्रवाह सुरु गरिएको पालिकाले जनाएको छ ।
२०८० मा बाकी बक्यौता काम सम्मका काम सक्नु पर्ने प्राविधिक शाखाका प्रमुख विराज मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्त सम्ममा धेरै ज्सो बजेट खर्च गर्न बाकी रहेको छ ।

spot_img

लोकप्रिय