ईन्सपेक्टरसँग मुखामुख गरेकै कारण प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर चरम यातना दिएको खबर बाहिरीएको

पछिल्लाे समाचार

रौतहट असार २७ ।। समाजिक अपराधका घटनामा एक्सन लिने प्रहरीले नै आफ्नै कर्मचारीलाई यातना दिएको घटना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाईएको छ । प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडियो समेत बाहिरिएको छ ।
ईन्सपेक्टर राईकै कमाण्डमा प्रहरी जवान अनु रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारले कमाण्डरलाई भन्न भनेपछि पीडित रायले ईन्सपेक्टर राईलाई गुनासो गर्न गएका थिए । सो क्रममा ईन्सपेक्टर राईले अनुलाई तथानाम, अभद्र गाली गलौज गरेपछि आक्रोसित भएका रायले समेत ईन्सपेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको हो ।

पीडितका भाई राजनीश रायका अनुसार, दाईलाई गुनासो गरेकै आधारमा हातखुट्टा बाँधेर यातना दिइएको हो । कार्यालय परिसरभित्रै उनलाई घण्टौसम्म यातना दिएको भिडियो सबुत समेत सुरक्षित रहेको छ ।

यता, सो सन्दर्भमा सिरहाका डिएसपी (प्रवक्ता) रबिन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका छन् । रायले रक्सी खाएर बदमासी गरेको आरोप लगाईएपनि अस्पतालको मेडिकल रिपोर्टमा उनले रक्सी नखाएको पुष्टि गरेको छ ।
उनले प्रहरी जवान रायलाई नै बदमास भन्दै ईन्सपेक्टरलाई जोगाउन खोजेका हुन । हातखुट्टा बाँधेर यातना दिएको भिडियो प्रमाणहरु समेत फेला परिसकेको अवस्थामा कानुनी कारवाहीभन्दा पनि शारिरिक यातना दिएको हो ।
प्रहरी जवान रायका भाईले ईन्सपेक्टर र उच्च पदस्थ प्रहरीमाथि मुद्दा हाल्ने तयारी लागेको बताए ।

spot_img

लोकप्रिय