रौतहटको बनजहरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) मदन प्रसाद यादवले भारतको मोतिहारी, फुलबरिया ढाकास्थित एसबिआई बैंकको खातामा विभिन्न व्यक्तिको खातामा पछिल्लो ६ महिनामा १४ लाख भारतीय रुपैयाँ जम्मा गरेपछि कारबाहीको दायरामा आएका छन् ।
रौतहटको सीमावर्ती क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृतले अवैधरुपमा कमाएको रकम भारतीय बैंकमा जम्मा गरेको रहस्य खुलेको छ । आश्चर्यजनकरुपमा बैंकमा रकम जम्मा हुन थालेपछि बैंकले खाता बन्द गरी छानबिन सुरु
गरेपछि खाताधारीले जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रहरी अधिकृतविरुद्ध उजुरी दिएपछि रहस्य खुलेको हो ।
ईशनाथ नगरपालिका स्थित सीमा क्षेत्रको बन्जरहा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ( सई) मदन प्रसाद यादवले भारतको मोतिहारी, फुलबरिया ढाकास्थित एसबिआई बैंकको खातामा तीन लाख भारतीय रुपैयाँ जम्मा गरेको आरोप खाताधारी फुलबरिया थाना ढाका निवासी राजाबाबु कुमारले लगाए। सीमा क्षेत्रबाट हुने गरेको अवैध कारोबारबाट संकलन हुने रकम नेपालमै राख्दा कारबाही हुने डरले सई यादवले केही गाउँलेको विश्वास जितेर कारोबारमा संलग्न रहेको तथ्य खुलेको छ।