राजपुर नगरपालिकाको सातौ नगर सभा भव्य रूपमा सम्पन्न

पछिल्लाे समाचार

रौतहटको राजपुर नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार राजपुरको शान स्वच्छ हाराभारा समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ । ४३ करोडको २१ लाख बजेट सहित राजपुर न.पा. नगर प्रमुख मो.राजिक आलमले आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै सातौ नगरसभा सम्पन्न गर्नु भएको हो ।

राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । नगर सभाका सभाअध्यक्ष तथा राजपुर नगरपालिकाका नगर प्रमुख मो.राजिक आलम राजपुर नगरपालिकाको आर्थिक वर्ष २०८० /०८१ को लागि ४३ करोडको २१ लाख अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको नगर प्रमुख मो.राजिक आलमले प्रस्तुत गरेको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् । नगर सभामा नगर उपप्रमुख जमिला असगरी , प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक समाजको प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय