रौतहट ।। नेपाल पत्रकार महासंघ अल्पसंख्यक विभाग प्रमुख तथा केन्द्रीय सदस्य समेत रहनु भएका इकबाल अहमद (इफ्तखार हसन) कतार स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गर्नुभएको छ । केन्द्रिय सदस्य अहमदलाई कतार स्थित रहेको नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष करिम मिया, पत्रकार अजमल अन्सारी लगायत महासंघका पदाधिकारीले स्वागत गर्नुभएको छ ।
पत्रकार अहमदले कतार स्थित रहेको विभिन्न संस्थाले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् । यसैगरी राजदुतावास लगायत विभिन्न पदाधिकारीहरु सँग भेटघाट गर्नेछन् । यसैबीच कतार सरकारका मन्त्रीहरु सँग शिष्टाचार भेटवार्ता हुनेछ ।
यसैगरी नेपाल-कतार बीचको सम्बन्ध अझै मजबुत र सक्रिय बनाउन छलफल हुनेछ । कतारमा कार्यरत रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा समेत छलफल हुनेछ । देशको आर्थिक विकास, उन्नति र प्रगतिको लागि विशेष छलफल हुने जनाएको छ ।
यसक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमदले एक हप्तासम्म कतारमा रहनेछ । वहाँले जुन १३ तारिख अर्थात् जेष्ठ ३० गते नेपाल फर्किने तालिका रहेको बताएका छन ।