रौतहट जेठ ११ ।। जिल्ला प्रहरी कार्यालय रौतहटले आज विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका चौकीको अटेर गरी गाउँ र शहरका भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई एक सय पचास लिटर घरेलु मदिरा फेला पारेर ल्याएको जिल्ला प्रहरी कार्यालयले नस्ट गरेको हो ।
प्रहरीका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने छ ।