रौतहटको राजपुर नगरपालिका का नगर प्रमुख मो.राजिक आलमले राजपुर नगरपालिकाको वाड नम्बर १ मा एक ऐतिहासिक पोखरीलाई सौन्दर्यीकरण गर्ने योजनाको सिलान्यास गरेका छन् । राजपुर नगरपालिका स्वच्छता अभियानअन्तर्गत जिल्लाको राजपुर नगरपालिका १ भगवानपुरमा पोखरीसौन्दर्यीकरण गरिने भएको हो ।
राजपुर नगरपालिका वाड नम्बर १ मा पोखरी सौन्दर्यीकरणमा शहरी बिकास सरकारको योजना शिलान्यास बताइएको छ । जसमा सडक ,बजार, पोखरीको घाट, फुटपाथ, जिम, योगाभ्यास गर्ने ठाउँ, नाला र पार्क समेत निर्माण गरिनेछ ।
