प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए ।
सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय माग गर्नुभएको थियो । तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा जाने र बोल्न समय दिन नमिल्ने बताएपछि सिंहले कपडा खोल्नुभएको थियो ।
सिंहले कपडा खोलेपछि सभामुख घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिनुभयो।उहाले सिंहलाई संसदीय मर्यादा कायम नगरे थप कारवाही गर्ने चेतावनी दिएपछि सिंहले कपडा लगाउनुभएको थियो ।
