रौतहट ।। रौतहटको सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको पाइएको छ।
भारतीय सीमानाकासँग जोडिएको रौतहटका ग्रामीण भेगहरुमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको खुलेको हो।
रौतहटका पुर्व भेग देखि पछ्मी भेगमा रहेको बन्जहराहा , मठिया ,जयनगर, रामपुर खाप,बंकुलको नेपाल भारत सीमामा बिहिबार सशस्त्र प्रहरीका जवानले तस्करहरुसँग मिलि रकम लिएर सामान छोेड्ने गरेको भेटिएको छ। सुनसान स्थानमा रहेको सीमानाकामा मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरुको भीड हुने गरेको छ।
रौतहटबाट सवैभन्दा नजिक सीमापारिको बजार कुण्डवा चैनपुर,घोडासाहन बैरगनिया बाट व्यापारीहरुले खाने तेल, मसला, किराना सामान, कपडा, तथा इलेक्ट्रोनिक सामान , स्पेयरपाट ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरुलाई बिनाकुनै जाँच नेपाल भित्रने अनुमति दिइरहेका छन्।