सशस्त्र प्रहरी रामपुर खापले तस्करीको समान बरामद गरेर रकमी चलखेल गरेर छाडेको आरोप ।

पछिल्लाे समाचार

रौतहट ।। रौतहटको नेपाल भारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ । सशस्त्र प्रहरी बल रौतहटको मिलोमतोमा रौतहटमा सीमा वारपार तस्करी फस्टाएको हो।

सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलोमतो र रौतहटका सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ । सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले लाखौँको सामान बरामद गरेर रकमी चलखेल गरेर रामपुर खापले छाडेको छ ।

सशस्त्र प्रहरी बल रामपुर खापका इन्चार्जले समातेको समान रकमी चलखेल गरेर छाडेको कुरा बाहिरिएका छन ।


रौतहटको बेलबिक्षवा , महादेवपटी, बन्जहरा , औरैया , मठिया , जयनगर , रामपुर खाप , नरकटिया , बंकुल लगायतको नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ। भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ।

spot_img

लोकप्रिय