मुकेश मिश्र मलङ्गवा समाचारदाता
मलङ्गवा , असोज १६ गते । सर्लाहीमा ट्राफिक नियम विपरित चलाउने सवारी साधनको घटनामा केंही कमी आएको प्रहरी तथ्यांकले देखाएको छ । जिल्लामा ट्राफिक सचेतना बढदै गएको र कोरोनाका कारण सावधानी अपनाएकोले पनि यस्मा कमी देखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको दुई महिनामा २६ सय ३ सवारी साधन माथि कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संतोष भण्डारीका अनुसार जिल्लामा ट्राफिक सचेतना र कोरोनाका कारण ट्राफिक नियम विपरितका सवारी साधनहरुमा कमी आएको देखिन्छ ।
गत दुई महिनामा ट्राफिक नियम विपरित चलाउने २६ सय ३ सवारी साधनहरु लाई कार्यवाही गरी १९ लाख १० हजार राजस्व संकलन गरिएको हो । ट्राफिक प्रहरीले परवाहन क्षमता भन्दा बढी सामान बोकेको , ईजाजत बिना सवारी साधन चलाएको , बिनाहेल्मेट मोटरसाईकलमा ३ जना चढेकालगायतका नियम उल्लंघनका विषयमा कारवाही गरी राजस्व संकलन गरेको हो ।
ट्राफिक नियम उल्लंघनका क्रियाकलापहरुमा नै कमी भएपछी , राजस्वमा पनि केंही कमी भएको जिल्ला ट्राफिक कार्यालयका निमीत प्रमुख जटा शंकर सिंहले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने ट्रक ११ सय ८१ , जिप रकार रभ्यान ४ सय ६१ , मोटरसाईकल ६ सय २९ , टयाक्टर २ सय ५३ र अन्य ७९ गरी जम्मा २६ सय ३ वटा सवारीसाधनहरु कार्यवाहीमा परेका हुन ।